आकासियो क्रिप्टो करेन्सी


विद्युतीय कार उत्पादक टेस्लाले आगामी दिनमा टेस्लाको खरिद विक्रीमा क्रिप्टो करेन्सी स्वीकार गर्ने जानकारी गराउनासाथ आज क्रिप्टो करेन्सीको भाऊ आकासिएको छ ।

डजक्वाइनको लगातार प्रवद्र्धन गर्दै आएका टेस्लाका मालिक इलन मस्कले सोमवार टेस्लाले १.५ विलियन डलर क्रिप्टो करेन्सीमा लगानी गरेको जानकारी गराउनासाथ मूल्य आकासिएको हो ।

विटक्वाइनको सोमवारको कारोवार खुल्दा प्रति विटक्वाइन ३८ हजार ५ डलर भएकोमा अपरान्हसम्ममा करिव ७ हजार वृद्धि भएर करिव ४५ हजार डलर पुगेको छ ।

अरु क्रिप्टोहरु डजक्वाइन, विटक्वाइन एसभी, विटक्वाइन क्यास, लाइट क्वाइन, इथेरियम क्लासिक, र इथेरियमको शेयर मूल्य पनि उत्तिकै आकासिएके छ जसमा सवैभन्दा वढी डज क्वाइन आकासिएको हो ।

टेस्लाले क्रिप्टोलाई स्वीकार गर्ने घोषणा गरेपछि क्रिप्टो करेन्सी आर्थिक कारोवारको मुल प्रवाहमा आउने संकेत देखिएको हो ।

अहिलेको मूल्यलाई आधार मान्दा पनि एउटा ०.८८ विटक्वाइनमा सामान्य खालको टेस्ला कार किन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्