एप्पलका सहसंस्थापक वेजनियकले ल्याए नयां क्रिप्टो करेन्सी


एप्पलका सहसंस्थापक स्टिभ वेजनियकको समेत संलग्नतामा वज्क्स नामक नयां क्रिप्टो करेन्सी सिंगापुर शेयर वजारमा सुचिकृत भएको छ । उर्जाको क्षेत्रमा काम गरिरहेको व्यापारिक संस्था इफोर्सले माल्टावाट यो क्रिप्टो करेन्सी स्टक मार्केटमा ल्याएको हो, जुन अमेरिकी स्टक एक्सचेन्जमा भने सुचिकृत छैन ।

उर्जा कौशलताको क्षेत्रमा कार्य गरिरहेको इफोर्सले विज्ञप्ति जारी गर्दै स्टक एक्सचेन्जमा सुचिकृत भएको १३ मिनेटमा नै ९५० मिलियन डलरको क्यापमा पुगेको जनाएको छ ।

एप्पलका सहसंस्थापक वेजनियक इफोर्सका प्रमुख कार्यकारी अधिकृत त होइनन्, केवल ६ लगानीकर्ता मध्येका एक हुन तर पनि सो क्रिप्टो करेन्सीको नामाकरण भने उनको थरसंग जोडेर गरिएको छ । सुचिकृत भएको यो सेयर मुल्य मंगलवार १४ प्रतिशत वढेको थियो भने वुधवार पनि वढिरहेको छ ।

यो क्रिप्टो करेन्सीले कोरियाको विटहवमा चांडै प्रवेश पाउने वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्